माया मागे दिउँला सानु,
सँगै जुनी जिउँला सानु
तिम्लाई खुशी मिल्छ भने,
हाँसी विष पिउँला सानु
बसाईं सरुन् खुशी सारा,
तिम्रो पिडा लिउँला सानु
घात नै यदि गर्छौ भने,
म नै पागल हुँला सानु
चोट मनमा परुन् जति,
फाटे मन सिउँला सानु
सक्दिन म हिरा मोति,
न्यानो काख दिउँला सानु ।।
No comments:
Post a Comment