बचनको प्रहारले कतिलाई काट्छौ प्रिया
घायल त्यो दुख्ने मुटु कतिसँग साट्छौ प्रिया
कतिको प्यास मेट्छौ यौवनको पानी पिलाई
बैंसको त्यो आवेगमा कतिन्जेल मात्छौ प्रिया
अँगालोमा बेरीबेरी रैछ रेट्ने तिम्रो बानी
सबैलाई फसाउने कस्तो बल्छि बाट्छौ प्रिया
जिन्दगी यो घामछाया मरीलानु के पो छ र
चोखो माया–प्रीत तिमी धनसँग साट्छौ प्रिया ।।
२०६९ असोज
No comments:
Post a Comment